Logo
Logo

दुर्गा प्रसाईंको रिट न्यायाधीश राउतको इजलासमा


567
Shares

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको तर्फबाट सर्वोच्च अदालतमा दायर बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा आज सुनुवाइ हुँदैछ । प्रसाईंका छोरा निरज प्रसाईंले सोमबार दायर गरेको रिट निवेदनमाथि सुनुवाइका लागि सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासमा पेशी तोकिएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय सदस्य टीका संग्रौला (ज्वाला) ले साइबर ब्यूरोमा चरित्र हत्या गरेको आरोप लगाउँदै साइबर ब्यूरोमा जाहेरी दिएपछि प्रसाईंलाई आइतबार दिउँसो उनकै निवासबाट प्रहरीले पक्राउ गरेको थियो ।

उनलाई काठमाडौँ जिल्ला अदालतले तीन दिनको म्याद थप गरेर हिरासतमा राख्ने अनुमति दिएपछि उनको रिहाइको माग गर्दै छोरा सर्वोच्च पुगेका हुन् । प्रसाईंलाई पक्राउ गरेको विरोधमा समर्थकहरूले काठमाडौँ, झापा लगायतका ठाउँमा विरोध प्रदर्शन पनि गरेका छन् ।

विभिन्न व्यक्तिको चरित्रहत्या गर्ने, वेश्यावृत्ति गरेको आरोप लगाउने तथा आपत्तिजनक अभिव्यक्ति दिने लगायतका विषय उल्लेख गरेर प्रसाईंविरुद्ध जाहेरी परेको थियो ।

प्रतिक्रिया दिनुहोस्