Logo
Logo

सूर्यदर्शन सहकारीबारे अनुसन्धान गर्न सीआईबीको टोली पोखरा जाने


504
Shares

काठमाडौं । सूर्यदर्शन सहकारीको रकम अपचलनबारे अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले टोली पोखरा जाने भएको छ । सूर्यदर्शन सहकारीको फाइल हेर्ने अनुसन्धान अधिकृतहरूलाई सहयोग गर्ने गरी सपोर्ट टिम पठाउन लागिएको सीआईबी प्रमुख एआईजी दीपक थापाले बताए ।

गोर्खा मिडियाका सञ्चालक मध्ये एक पूर्व डीआईजी छविलाल जोशीलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय कास्कीले सूर्यदर्शन सहकारीको रकम अपचलनबारे दोस्रो चरणको अनुसन्धान गरिरहेको छ ।

पूर्वडीआईजी जोशी, पूर्व गृहमन्त्री रवि लामिछाने र सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) विगतमा राई व्यापारिक साझेदार थिए ।

उनीहरूले सञ्चालन गरेको गोर्खा मिडिया नेटवर्कमा पाँच वटा सहकारीबाट ६५ करोड ५४ लाख अवैध तरिकाले आएको सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिको निष्कर्ष छ ।

प्रतिक्रिया दिनुहोस्