Logo
Logo

दुर्गा प्रसाईँका समर्थक आज पनि प्रदर्शनमा


315
Shares

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँका समर्थक आज मंगलबार पनि विरोध प्रदर्शनमा उत्रिएका छन् ।

लघुवित्त तथा वित्तीय शोषण विरुद्धको सङ्घर्ष समिति नेपाल, चुरेभावर राष्ट्रिय एकता पार्टी नेपाल र नागरिक बचाउ महाअभियान नेपालले प्रसाईंलाई रिहा गर्नुपर्ने माग गर्दै माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन् । सो क्रममा प्रदर्शनकारीले मुखमा कालो टेप लगाएर प्रदर्शन गरेका थिए ।

प्रसाईँ आइतबार आफ्नै निवास भक्तपुरबाट पक्राउ परेका थिए । गत असोज २ मा जिल्ला अदालत काठमाडौँले उनलाई पक्राउ गर्न अनुमति दिएको थियो । उनीविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गत साइबर ब्यूरोमा जाहेरी दर्ता भएको थियो ।

प्रतिक्रिया दिनुहोस्