Logo
Logo

वीरगन्जमा देउवाको सुरक्षाका लागि ४ सय प्रहरी परिचालन


9.7k
Shares

वीरगन्ज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मंगलबार वीरगन्ज आइपुगेका छन् । पर्सा कांग्रेसका अनुसार वीरगन्जमा बुधबारसम्म बस्न लागेका देउवाले औपचारिक दुई र अन्य अनौपचारिक भेटघाट गर्नेछन् ।

देउवासँगै वीरगन्जमा कानुन मन्त्री अजय चौरसिया, पूर्व उद्योगमन्त्री रमेश रिजाल, नेता फरमुल्लाह मन्सुरलगायत पनि आएका छन् ।

यसैबीच देउवा वीरगन्जमा आएपछि वीरगन्ज आसपासका सुरक्षा व्यवस्था कडा पारिएको छ । भिभिआइपी ‘मूभमेन्ट’का लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवैले सुरक्षा व्यवस्था कडा बनाएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार देउवाको सुरक्षालाई मध्यनजर गरेर करिब ४ सयको हाराहारीमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

पर्सा प्रहरी प्रवक्ता दीपक भारतीका अनुसार नेपाल प्रहरीबाट मात्रै करिब २ सय प्रहरी परिचालन गरिएको छ भने सशस्त्र प्रहरीबाट करिब २ सयको हाराहारीमा प्रहरी खटाइएको सशस्त्र प्रहरी बल पर्साका प्रवक्ता देबेन्द्र सिंहले बताए ।

पूर्वप्रधानमन्त्री देउवाको सुरक्षाका लागि सादा पोसाक, पैदल गस्ती, सूचना सङ्कलन टोली तथा मोबाइल गस्तीसहितको प्रहरी परिचालन गरिएको पर्सा प्रहरी प्रमुख कुमोध ढुङ्गेलले बताए ।

प्रतिक्रिया दिनुहोस्