Logo
Logo

राप्रपाले छठपछि काठमाडौं केन्द्रीत आन्दोलन गर्ने


252
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले समान बिचार भएकालाई एकीकृत गर्दै छठपछि काठमाडौं केन्द्रीत आन्दोलन गर्ने जनाएको छ ।  

आन्दोलनको भावी रणनीतिका विषयमा मङ्गलबार काठमाडौंमा आयोजित प्रशिक्षण कार्यक्रममा राप्रपाका नेताहरूले सबैलाई समेटेर उपत्यका ठप्प पार्ने गरि आन्दोलन गर्ने जनाएका हुन् ।

राप्रपा महामन्त्री धवलशम्शेर राणाले पार्टीका मुद्दाहरूलाई स्थापित गराउन छठपछि काठमाडौंमा सातदेखि दश दिनसम्म निरन्तर आन्दोलन गर्ने बताए । उनले अहिलेको अवस्थामा पार्टी एक्लैले आन्दोलन गरेर सफल नहुने भन्दै समान बिचार भएकाहरूलाई समेत सामेल गराएर उपत्यका ठप्प पार्ने चेतावनी दिए । 

आन्दोलनलाई निष्कर्षमा नपुराएसम्म आफ्नो मुद्दाहरू स्थापित हुन नसक्ने भएकाले अबको आन्दोलन निर्णायक हुने उनको भनाइ छ । पूर्ण धार्मिक स्वतन्त्रतासहित वैदिक सनातन धर्म सापेक्ष हिन्दुराष्ट्र पुनःस्थापना र प्रदेश तहको खारेजीको लागि जनदवाव सिर्जना गर्न राप्रपाले आन्दोलनको तयारी गरेको हो । 

प्रतिक्रिया दिनुहोस्