Logo
Logo

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको सेयर बिक्रीमा


630
Shares


काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले संस्थापक सेयर बिक्रीमा गर्ने भएको छ । कम्पनीले ८ जना संस्थापक सेयर धनीहरुको नाममा रहेको १ लाख ९० हजार ६५९ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

सेयर खरिद गर्ने इच्छुक संस्थापक सेयर धनीहरूले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएको ३५ दिनभित्र के कति रकममा खरिद गर्ने हो सो विवरण खुलाई बैंकको सेयर शाखा लाजिम्पाट, काठमाडौंमा आवेदन पेश गर्न सक्नेछन् ।
 
साथै, तोकिएको समयमा संस्थापक सेयर धनीहरुबाट आवेदन नपरेको खण्डमा बैंकले कानून बमोजिम अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने एक सूचना मार्फत जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्