Logo
Logo

घुन्सा दुर्घटनाको १८औं स्मृति दिवसमा दीप प्रज्वलन


315
Shares

काठमाडौं । जल सम्पदा तथा वातावरण संरक्षण कोष नेपालले यो वर्ष पनि राजधानीमा एक कार्यक्रमबीच घुन्सा हेलिकप्टर दुर्घटनाको सम्झनामा दुर्घटनामा ज्यान गुमाएकाहरुको फोटोमा माल्यार्पण तथा दीप प्रज्वलन कार्यक्रम गरेको छ ।

ताप्लेजुङको घुन्सामा हेलिकप्टर दुर्घटना भएको १८ वर्ष पूरा भएको छ । उक्त दुर्घटनामा परी ज्यान गुमाएकाहरुको योगदानको स्मरण गर्दै असोज ७ गतेलाई राष्ट्रिय संरक्षण दिवसको रूपमा मनाउने गरिन्छ ।

जल सम्पदा तथा वातावरण संरक्षण कोष नेपालका अध्यक्ष पुष्पराज पाण्डेको सभापतित्वमा सम्पन्न माल्यार्पण कार्यक्रममा बरिष्ठ समाजसेवी प्रेमसिंह धामी, शिव खत्री, लक्ष्मण तामाङ, यसुधा पौडेल, शान्ति मगर लगायतका व्यक्तित्वहरुको उपस्थिति थियो ।
कोषले काठमाडौंको रामकोटस्थित दुर्घटनामा मृत्यु भएका स्वदेशी तथा विदेशी गरी २४ जनाको अर्धकदको शालिक स्थापना गरेको छ ।

विसं २०६३ असोज ७ गते भएको हेलिकोप्टर दुर्घटनामा तत्कालीन वन राज्यमन्त्री गोपाल राई, भूगोल तथा योजनाविद् डा. हर्क गुरुङ, संरक्षणविद् डा. तीर्थमान मास्केसहित २४ जनाले ज्यान गुमाएका थिए ।

विश्व वन्यजन्तु कोष नेपालद्वारा आयोजना भएको कञ्चजंगा संरक्षण क्षेत्र आयोजना स्थानीय समुदायलाई हस्तान्तरण कार्यक्रममा भाग लिएर फर्कने क्रममा घुन्सास्थित फले पहाडमा हेलिकप्टर दुर्घटना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्