Logo
Logo

उपनिर्वाचनका निम्ति दल दर्ता आह्वान


378
Shares

काठमाडौं । स्थानीय तहमा रिक्त पदको उपनिर्वाचनका निम्ति दल दर्ता आह्वान गरिएको छ । निर्वाचन आयोगले बुधबार दल दर्ताको सूचना प्रकाशन गरेको हो ।

आउँदो मंसिर १६ गते हुने उपनिर्वाचन प्रयोजनका निम्ति असोज १६ गतेसम्म राजनीतिक दल दर्ताको समयावधि तोकिएको छ ।

आयोगले राजनीतिक दलसम्बन्धी नियमावली ०७४ को अनुसूची–१२ बमोजिमको ढाँचामा निवेदन दिन आह्वान गरेको छ । स्थानीय तहमा रिक्त प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष पदमा निर्वाचन हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्