Logo
Logo

नागरिक उन्मुक्तिको विवाद सुल्झियो, श्रीमान-श्रीमाती दुवै पार्टी अध्यक्ष


693
Shares

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीको आन्तरिक विवाद सुल्झिएको छ । आठ महिनापछि रेशम चौधरी र रञ्जिता चौधरीको विवाद सुल्झिएको हो । ।

रेशम चौधरी संरक्षक र उनकी श्रीमती रञ्जिता श्रेष्ठ अध्यक्ष रहेको पार्टी ०७९ को निर्वाचनसँगै उदाएको थियो । तर, टीकापुर घटनामा जन्मकैदको सजाय तोकिएर आममाफी पाएका चौधरी जेलबाट बाहिरिएसँगै पार्टी विभाजनको तहमा पुग्यो ।

पार्टीभित्रको आन्तरिक खिँचलाका कारण रेशम–रञ्जिताको पारिवारिक सम्बन्ध पनि विच्छेद हुने चर्चा समेत चलेको थियो ।श्रीमान् र श्रेष्ठ दुवैले आत्मालोचना गरेपछि विवाद सुल्झिएको हाे । उनीहरुले असोज १८ र १९ गते अनामनगरमा बस्ने गरी महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको बैठक बोलाएका छन् ।

अब सो पार्टीमा दुवै जना अध्यक्ष रहने सहमति भएको छ । पार्टीको प्रथम महाधिवशेनबाट रेशमलाल चौधरी अध्यक्षमा चयन भएका थिए । तर निर्वाचन आयोगमा परेको उजुरीको कारण उनको अध्यक्ष पद विवादमा परेको थियो ।

अध्यक्ष पदलाई लिएर दुवै जनाबिच विवाद उत्पन्न भएको थियो । रेशमलाल चौधरी महाधिवेशनबाट आफू अध्यक्ष भएको दाबी गरिरहेका थिए भने रञ्जिता श्रेष्ठले आफू नै सो पार्टीको अध्यक्ष रहेको दाबी गरिरहेका थिए ।

एउटा पक्षले सरकारमा जाने निर्णय गर्दा अर्को पक्षले फिर्ता बोलाउने निर्णय गरेको हुन्थ्यो । दुवैले एक अर्का पक्षका नेता तथा कार्यकर्तालाई कारबाहीसम्म गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्