Logo
Logo

दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अनुमति


315
Shares

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश श्याम विहारी मौर्यको इजलासले ५ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

आइतबार विद्युतीय अपराध (साइबर क्राइम) को कसुरमा पक्राउ परेका प्रसाईंलाई अदालतले पहिलोपटक ३ दिन हिरासतमा राख्नका लागि अनुमति दिएको थियो ।

उक्त म्याद सकिएपछि बुधबार प्रहरीले थप ७ दिन म्याद माग्दै अदालत लगेको थियो। तर अदालतले ५ दिन म्याद थप गरिदिएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का एक केन्द्रीय सदस्यले दिएको जाहेरीका आधारमा प्रहरीको साइबर ब्यूरोले उनलाई पक्राउ गरेर अनुसन्धानन गरिरहेको छ ।

आइतबार पक्राउ परेपछि वीर अस्पतालमा बसेका प्रसाईंलाई मंगलबारदेखि जिल्ला सरकारी वकिल कार्यालयमा लगेर बयान थालिएको छ । अस्पतालबाट डिस्चार्ज भएपछि उनलाई प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राखिएको छ।

प्रसाईंले विभिन्न सामाजिक सञ्जालमार्फत महिलाको चरित्रहत्या गर्ने अभिव्यक्ति दिएको उजुरीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्