Logo
Logo

तीन असईसहित २४ प्रहरीलाई कारबाहीको चेतावनी


693
Shares

काठमाडौं । प्रहरी प्रधान कार्यालयले सम्पर्कमा नरहेका २४ जना प्रहरीहरुलाई सात दिनभित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ ।

आफूखुसी गैरहाजिर भएको र खोजतलास गर्दा पनि सम्पर्क हुन बसकेको भन्दै प्रहरी मुख्यालयले तीन जना प्रहरी सहायक निरीक्षक, दुई जना प्रहरी सहायक हबल्दार र १९ जना प्रहरी जवानलाई सार्वजनिक सूचना निकालेर सात दिनभित्र कार्यालयमा उपस्थित हुन भनेको हो ।

उपस्थित हुँदा गैरहाजिर रहनुको कारणसहित स्पष्टीकरण बुझाउन भनिएको छ । स्पष्टीकरण चित्तबुझ्दो नभए प्रहरी नियमावलीअनुसार आवश्यक कारबाही प्रक्रिया अघि बढाइने सूचनामा उल्लेख छ ।

हेर्नुहोस् सूचना–

प्रतिक्रिया दिनुहोस्