काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संयुक्त राष्ट्रसंघको ७९औं महासभालाई सम्बोधन गर्दैछन् । प्रधानमन्त्री ओलीले स्थानीय समयअनुसार आज बिहान ९ बजे सुरु हुने महासभालाई सम्बोधन गर्ने भएका हुन् ।
त्यसअघि बिहानी सत्रमा ९ देशका प्रमुखले सम्बोधन गर्ने कार्यक्रम रहेको राष्ट्रसंघले जनाएको छ । त्यसपछि दिउँसो सत्रमा पहिलो वक्ताको रुपमा प्रधानमन्त्री ओलीको सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
आफ्नो सम्बोधनमा प्रधानमन्त्री ओलीले नेपालको शान्ति प्रक्रिया, जलवायु परिवर्तन, बेरोजगारी, गरिबी निवारण लगायतका विषय उठाउने तयारी गरेका छन् । महासभामा सहभागी गत असोज ४ गते न्युयोर्क गएका प्रधानमन्त्री ओली द्विपक्षीय साइडलाइन भेटवार्तामा व्यस्त छन् ।