Logo
Logo

सर्लाहीमा गोली हानी श्रीमतीको हत्या, बुबा घाइते


693
Shares

काठमाडौं । सर्लाहीको हरिपूर्वामा एक युवकले गोली हानी श्रीमतीको हत्या गरेका छन् । गएराति पौने २ बजेतिर हरिपूर्वा नगरपालिका–५ का धीरेन्द्र यादवले श्रीमती २३ वर्षीया चित्रलेखा यादवको गोली हानेर हत्या गरेका हुन् ।

टाउकोमा दुई राउन्ड गोली प्रहार भएको चित्रलेखाको घटनास्थलमै मृत्यु भएको सर्लाही प्रहरीले जनाएको छ । त्यस्तै गोली लागेर धिरेन्द्रका बुबा ५४ वर्षीय रामदिनेश राय घाइते भएका छन् । उनको प्रादेशकि अस्पताल मलंगवामा उपचार भइरहेको छ ।

एक महिनाअघि वैदेशिक रोगजारीबाट घर फर्किएका धिरेन्द्र घरायसी विवादका कारण घर बाहिर बस्दै आएका थिए । तर, गएराति साथीसहित मोटरसाइकल चढेर आएका धिरेन्द्रले श्रीमतीको हत्या गरेर भागेको प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए । धीरेन्द्र र उनीसँगै मोटरसाइकलमा आएका व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्