Logo
Logo
प्रहरीको सुरक्षा योजना

दशैं, तिहारमा काठमाडौंमा ३ हजार ७६५ प्रहरी परिचालन, ड्रोनबाट पनि निगरानी


882
Shares

काठमाडौं । नेपाल प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ । दसैँ, तिहार र छठ पर्वमा कम्तीमा २० प्रकारका सुरक्षा चुनौती हुनसक्ने आकलन गर्नै जिल्ला प्रहरी परिसर काठमाडौंले करिब १ दर्जन क्षेत्रमा थप सुरक्षा प्रदान गर्नेगरी चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको हो ।

काठमाडौंका एसएसपी बसन्त रजौरेले चाडपर्वमा एटिएम बुथ, गहना पसल, बस टिकट काउन्टर, खसी बजार, शक्ति पीठहरू, बसपार्क र बस पकेटलाई सुरक्षा गर्ने गरी सुरक्षा योजना लागू गरिएको जानकारी दिए ।

लुटपाट, चोरी तथा स्न्याचिङ, डकैती, तस्करी, जुवातास, अवैध मदिरा बिक्री वितरण, आगजनी तथा विस्फोट र महँगो भाडा असुली जस्ता अपराध न्यूनीकरण गर्न चाडपर्वमा ३ हजार ७६५ जना प्रहरी परिचालन हुनेछन् । सूचना सङ्कलन टोली सादा पोसाकमा ३८, सिल, सर्च र कार्डोन तथा २२ सँगै एमबुसिङ र निगरानी २२ टोली परिचालन गरिने छ ।

कुनै पनि घटनाको सूचना पाएको ५ देखी १० मिनेटमा काठमाडौं प्रहरीले पहिलो रेस्पोन्स गर्ने र ३० मिनेटभित्र वृहत् प्रतिकार्य पुरा गर्नेगरी सुरक्षा योजना लागू गरिएको एसएसपी रजौरेले बताए ।

त्यस्तै काठमाडौं भित्रिने नाकाहरुमा प्रत्येक दिन तालिमप्राप्त कुकुरसहितको टोलीले चेकजाँच गर्ने, भिडभाड हुने स्थानमा ड्रोनमार्फत अनुगमन गरिने छ । काठमाडौं बाहिर जाने सवारी साधन छुट्ने स्थल र आर्थिक कारोबार हुने स्थानमा कडा सुरक्षा गरिने छ ।

त्यसैगरी विभिन्न १२ स्थानका टिकट काउन्टरमा प्रहरीको निगरानी टोली परिचालन हुनेछन् । कलंकी, कोटेश्वर, नयाँ बसपार्क, गौशाला, चाबहिल लगायतका स्थानमा प्रहरीको यात्रु सहायता कक्ष राखिनेछ ।

प्रतिक्रिया दिनुहोस्