Logo
Logo

सर्वोच्चको न्यायाधीशमा निरौला र पाण्डे सिफारिस


1.4k
Shares

काठमाडौं । सर्वोच्च अदालतको न्यायधीशमा दुईजनाको नाम सिफारिस भएको छ ।

शुक्रबार बसेको न्याय परिषदको बैठकले उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र उच्च अदालत तुलसीपुरका न्यायाधीश नित्यानन्द पाण्डेलाई सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस गरेको हो ।

संसदीय सुनुवाई समितिबाट नाम अनुमोदन भएमा निरौला छोटो समयका लागि प्रधानन्यायाधीश बन्नेछन् । निरौला सर्वोच्च अदालतका तेस्रा मुख्यरजिष्ट्रार हुन् । उनी मुख्यरजिष्ट्रारबाटै उच्च अदालतको मुख्यन्यायाधीशमा नियुक्त भएका थिए ।

पाण्डेय अहिले उच्च अदालत तुलसीपुरको मुख्यन्यायाधीश छन् । उनी गत मंसीरमा उच्च अदालतको मुख्य न्यायाधीश भएका थिए ।

प्रतिक्रिया दिनुहोस्