काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट ‘आईएमई पे’ ले दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी १ रुपैयाँमा आन्तरिक हवाई टिकट प्रदान गर्ने योजना सार्वजनिक गरेको छ ।
८ असोजदेखि २३ असोजसम्म सञ्चालन हुने यस योजना अन्तर्गत आईएमई पे एप मार्फत आन्तरिक हवाई टिकट खरिद गर्ने सेवाग्राही मध्ये दैनिक ५ भाग्यशाली सेवाग्राहीहरूले १ रुपैयाँमा टिकट प्राप्त गर्नेछन् ।
भाग्यशाली विजेताहरूले खरिद गरेको हवाई टिकटको १ रुपैयाँ अतिरिक्तको रकम क्यासब्याक प्रोमोकोड स्वरूप विजेता घोषणा गरेपश्चात प्राप्त गर्नेछन् ।
साथै आईएमई पे मार्फत हवाई टिकट खरिद गर्दा ८१ रुपैयाँ क्यासब्याक प्राप्त गर्ने मौका पनि रहेको छ भने हरेक दिन हवाई टिकट खरिद गर्ने ३० जना सेवाग्राहीले चन्द्रागिरी हिल्स केबुलकार, मौलाकाली केबुलकार र लुम्बिनी केबुलकारको टिकटका लागि क्यासब्याक प्रोमोकोड पनि जित्ने मौका पाउने कम्पनीले जनाएको छ ।
चाड पर्व मनाउन गाउँघर जाने वा आन्तरिक पर्यटनमा निस्किने सेवाग्राहीलाई लक्षित गरी यो अफर सार्वजनिक गरिएको कम्पनीले जनाएको छ । आईएमई पे प्रमुख कार्यकारी अधिकृत प्रवीन रेग्मीले यस अफरलाई आईएमई पेका सेवाग्राहीलाई उपहार स्वरूप समर्पण गरिएको बताए ।
साथै आईएमई पे मार्फत टिकट खरिदमा समयको अनिश्चिततालाई ध्यानमा राखी सेवाग्राहीले आफ्नो हवाई टिकटलाई पूर्ण रूपमा फिर्ता योग्य गरेर आफ्नो लगानी सुरक्षित गर्न र आर्थिक नोक्सानको चिन्ता बिना आफ्नो यात्राको आनन्द लिन सक्छन् ।