Logo
Logo

कोशी प्रदेश योजना आयोगका सदस्य कोइराला र गच्छदारद्वारा शपथग्रहण


252
Shares

मोरङ । कोशी प्रदेश योजना आयोगका नवनियुक्त सदस्यद्वय नारायण कोइराला र प्रमिलाकुमारी गच्छदारले आज पद तथा गोपनियताको शपथग्रहण गरेका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज साँझ आयोजित कार्यक्रममा मुख्यमन्त्री हिक्मकुमार कार्कीले उनीहरुलाई पद तथा गोपनियताको शपथग्रहण गराएका हुन् ।

शपथग्रहण समारोहमा प्रदेशका मन्त्री, प्रदेश योजना आयोगका उपाध्यक्ष, प्रदेश मन्त्रालयका सचिव, कर्मचारीलगायतको उपस्थिति रहेको थियो ।

कोशी प्रदेश मन्त्रिपरिषदको हिजोको बैठकले सुनसरी जिल्ला वराहक्षेत्र –७ का कोइराला र विराटनगर महानगरपालिका–४ की गच्छदारलाई सदस्य पदमा नियुक्ति गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्