Logo
Logo

उद्दारमा ढिलाई गर्दा नख्खुले बगायो चार जना


945
Shares

काठमाडौं । उद्दारकर्ताको प्रतीक्षा गर्दा गर्दै ललितपुरको नखिपोटमा चार जनालाई बाढीले बगाएको छ । कान्तिपुर कोलोनी नजिकै रहेको टहरोमा बस्दै आएका चार जना शनिबार बिहानदेखि बाढी फसेका थिए । उनीहरु उद्दारको पर्खाइमा रहेका थिए ।

प्रत्यक्षदर्शीका अनुसार करिब ८ बजेदेखि उनीहरु टहरामाथि उद्धारको प्रतिक्षामा बसेका थिए । तर, प्रहरी आउन ढिलाई गवर्दा उनीहरुलाई बाढीले बगाएको खुलेको छ ।

प्रहरी आउन झण्डै एक घण्टा लागेको थियो । खबर गरिएको करिब पौने घण्टामा दुई जना प्रहरी आएपछि स्थानीयले नै डोरी दिएका थिए । ती प्रत्यक्षदर्सीले भने, ‘लुगा सुकाउने डोरी ल्याएपछि उहाँहरुले क्रेटमा बाँधेर पठाउनुभयो । तर, चार जना बस्नु भएपट्टीकै जस्ता खस्यो र उहाँहरुलाई नख्खु खोलाले बगायो ।’

सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार बेपत्ता हुनेमा एक महिला, दुई पुरुष र एक जना बच्चा छन् । उनीहरुको खोजी भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्