Logo
Logo

गुल्मीका कोरोना संक्रमित शिक्षकको अवस्था गम्भीर


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ५ जेठ ।
गुल्मी मदाने गाउँपालिकाका ४१ वर्षीय पुरुषमा कोरोनाभाइरसको संक्रमण देखिएको छ । संक्रमित गम्भीर बिरामी रहेको खुलेको छ ।
सोमबार भैरहवामा रहेको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरेको परीक्षणमा उनमा संक्रमण देखिएको हो ।


दमका रोगी उनी १ जेठमा रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको क्रिमसन अस्पतालमा उपचार गराउन आएका थिए । स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि २ जेठमा स्वाब संकलन गरेर प्रयोगशालामा पठाएको जनस्वाथ्य कार्यालयका भेक्टर कन्ट्रोलर केदारनाथ शाहले बताए ।

उनको स्वास्थ्य अवस्था बिग्रिंदै गएपछि अस्पतालले सघन उपचार कक्षमा राखेर उपचार गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्