Logo
Logo

नागढुंगा-मुग्लिन सडकमा अलपत्र यात्रुलाई सुरुङमार्गबाट काठमाडौं ल्याइँदै


504
Shares

काठमाडौं । नागढुंगा–मुग्लिन सडकखण्डको विभिन्न स्थानमा गएको पहिरोका कारण अलपत्र परेका यात्रुहरूको उद्दार थालिएको छ ।

धापदङको विभिन्न स्थानमा पहिरो खसेर यातायात आवागमन ठप्प भएपछि सडक बिभाग र चन्द्रागिरि नगरपालिकाको सक्रियतामा अलपत्र यात्रुहरुलाई नागढुंगा–सिस्नेखोला सुरुङमार्गबाट काठमाडौं ल्याउन थालिएको हो ।

बीचसडकमै रोकिएका यात्रुलाई निर्माणाधीन सुरुङमार्गबाट काठमाडौं ल्याउन सहजीकरण गरिएको सडक विभागका महानिर्देशक रामहरि पोखरेलले जानकारी दिए । उनका अनुसार नगरपालिकाले उपलब्ध गराएको बसबाट यात्रुलाई सुरुङमार्ग हुँदै काठमाडौं ल्याउन थालिएको हो ।

हिजो (शनिबार) मात्रै पहिरोको मुखमा अलपत्र करिब एक हजार यात्रुलाई सुरुङमार्ग आयोजनासँग समन्वय गरी स्थानीय रुटमा चल्ने गाडीबाट काठमाडौं ल्याइएको थियो । त्यस्तै आज कुखुरा बोकेका करिब दर्जन गाडी सुरुङमार्गबाटै काठमाडौंतर्फ आएका थिए ।

प्रतिक्रिया दिनुहोस्