Logo
Logo

प्रभु बैंकका ग्राहकलाई कलेज अफ मेडिकल साइन्समा २० प्रतिशत छुट


189
Shares

चितवन । भरतपुर महानगरपालिका- १० स्थित कलेज अफ मेडिकल साइन्स र प्रभु बैंक लिमिटेडबीच विशेष छुट सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

बैंकका तर्फबाट चितवन प्रदेश प्रमुख सांग्रीला श्रेष्ठ र कलेजका तर्फबाट  निर्देशक डा. मनोहर प्रधान असोज १३ गते सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सिओएमएसमा उपचार गर्दा बैंकका ग्राहकले औषधी, सिटी स्क्यान र एमआरआई बाहेक सम्पूर्ण सेवाका साथै एक्सरे र यूएसजिमा समेत २० प्रतिशत छुट पाउने बैंकले जनाएको छ ।
 
सम्झौता अनुसार यो सुविधा प्राप्त गर्नको लागि प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूलाई परिचयपत्र तथा परिवारको सदस्यको लागि नाता खुल्ने कागजात अनिवार्य पेश गर्नुपर्ने छ ।

त्यसैगरी, नवलपुरको गैँडाकोटमा मुख्य कार्यालय रहेको किसान बचत तथा ऋण सहकारी संस्थाका सदस्य तथा परिवारलाई कलेज अफ मेडिकल साइन्स (सिओएमएस) शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) मा २० प्रतिशत छुट हुने भएको छ ।

सम्झौतामा अस्पतालका तर्फबाट उपनिर्देशक प्राडा राजेश यादव र सहकारीका अध्यक्ष भोजराज पौडेलले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार किसान सहकारीका सदस्य र उनीहरुका परिवारलाई सिओएमएसमा उपचार गर्दा सम्पूर्ण सेवाका साथै एक्सरे, युएसजि सेवामा समेत २० प्रतिशत छुट पाउने छन् ।

यो सुविधा लिनका लागि सहकारीको परिचयपत्र र परिवारका सदस्यले नाता खुल्ने कागजात ल्याउनु पर्ने सम्झौतामा उल्लेख छ । किसान सहकारीले आयोजना गर्ने निःशुल्क स्वास्थ्य शिविरमा अस्पतालले प्राविधिक सहयोग गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्