काठमाडौं, ५ जेठ ।
नेपालमा एकैदिन ८० जनामा कोरोना संक्रमण देखिएको छ । कर्णाली प्रदेशमा समेत पहिलो केस देखिएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार कर्णाली प्रदेशको दैलेखको आठबिसमा एक व्यक्तिमा संक्रमण भएको हो । त्यस्तै खोटाङमा पनि एक व्यक्ति संक्रमित भएका छन् ।
सोमबार बेलुका आएको रिपोर्टअनुसार थप १८ जनामा संक्रमण देखिएको छ । नेपालमा कोरोना संक्रमितको संख्या ३७५ पुगेको छ ।