Logo
Logo

बाढीले बगाएको फोक्सिङटार पक्की पुल तत्काल पुननिर्माण गर्न विशालले गरे मन्त्रीसमक्ष आग्रह 


441
Shares

काठमाडौं । नेकपा एमालेका पोलिट्ब्युरो सदस्य तथा पूर्व सांसद विशाल भट्टराईले उदयपुर र खोटाङको बीचमा पर्ने फोक्सिङटारस्थित सुनकोशी नदीको पक्की पुल तत्काल पुननिर्माण आग्रह गरेका छन् । 

लगातार वर्षका कारण शनिबार सुनकोशी नदीले फोक्सिङटार पक्की पुल बगाएपछि नेता भट्टराईले आइतबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालसमक्ष फोक्सिङटार पुल तत्काल पुननिर्माण आग्रह गरेका हुन् । 

साथै उनले अहिले बाढी पहिरोले बिग्रेको मुख्य सडकहरू तत्कालै पुनर्निर्माण गरी दशैँमा सहजतापूर्वक घर फिर्न सक्ने वातावरण बनाउन आग्रहसमेत गरेका छन् । 

ठेक्का रद्ध गरी पुन: ठेक्का निकालिएको गाइघाट दिक्तेल सडक यथाशीघ्र प्रकृया पुर्‍याई कालोपत्रे निर्माण कार्य थालनी गर्न नेता भट्टराईले मन्त्रीलाई आग्रह गरेका छन् ।

उनले भनेका छन्, ‘खोटाङेहरु शोकमा छौं मन्त्रीज्यु ! 
 फोक्सिङटारमा तत्काल पुल जोडिनुपर्यो !! 
 हामी खोटाङेहरुले धेरै धेरै मेहनत गरेर बनाएको पुल असोज १२ गतेको भीषण बाढीले भत्काएपछि त्यसको सबैभन्दा छिटो र भरपर्दो पुनर्स्थापना गराउन र दीर्घदर्शी समाधान खोज्न आजै हामी आकस्मिक जुटेका खोटाङेहरु भौतिक पूर्वाधार तथा यातायात मन्त्री मा. देवेन्द्र दाहालज्यु समक्ष पुग्यौं । 
 हामीले मन्त्रीज्युसङ तपशीलका कुराहरु राखेका छौं – 
१) भत्केको पुलको दुईपट्टिको पिलरसहितको संरचना वाकी रहेकोले तत्काल अध्ययन गरी सम्भव भए त्यो २०/२० मिटरको भागलाई जोडेर भत्केको ८० मिटरमा बेलिबृज जोड्ने र पुल सन्चालन गर्ने । 
 २) नेपालमा ८० मिटरको बेलिबृज नभएकोले बाहिरबाट ल्याउन बिलम्ब हुदा पहिलेदेखि फोक्सिङटारमै रहेको बेलिबृज लगाउने र यातायात सन्चालन गर्दै गर्ने ।
 ३) दीर्घजीवी पुल निर्माणका खातिर उपयुक्त डिजाईनमा DPR बनाउन प्राविधिक टोली खटाउने । 
 ४) ठेक्का रद्ध गरी पुन: ठेक्का निकालिएको गाइघाट दिक्तेल सडक यथासिघ्र प्रकृया पुर्याई कालोपत्रे निर्माण कार्य थालनी गर्नुपर्ने ।
५) अहिले बाढी पहिरोले बिग्रेको मुख्य सडक तत्कालै पुनर्निर्माण गरी दसैमा सहजतापूर्वक घर फिर्न सक्ने वातावरण बनाउनुपर्ने ।’

प्रतिक्रिया दिनुहोस्