Logo
Logo

नागढुंगा-मुग्लिन सडक एकतर्फी सञ्चालन


189
Shares

काठमाडौं । शनिबार बिहान पहिरो खसेर अवरुद्ध बनेको नागढुंगा–मुग्लिन सडक एकतर्फी सञ्चालनमा आएको छ । आइतबार साँझ ६ बजे पहिरो पन्छाएर एकतर्फी यातायात सञ्चालनमा ल्याइएको नागढुंगा–मुग्लिन सडक योजना कार्यालयका प्रमुख केशवप्रसाद ओझाले बताए ।

उनका अनुसार अहिले बीच सडकमा रोकिएका सवारीसाधनलाई काठमाडौं र काठमाडौंमा रोकिएका सवारी साधनलाई गन्तव्यमा पठाइएको छ ।

पहिरोको जोखिमले गर्दा अन्य सवारी साधन राति सञ्चालनमा भने गृह मन्त्रालयले रोक लगाएको छ । शुक्रबारदेखि सडकमा रोकिएका सवारी साधनलाई मात्र अहिले प्रहरीको सहयोगमा गन्तव्य पठाउन लागिएको आयोजनाले जनाएको छ ।

काठमाडौंको चन्द्रागिरि नगरपालिका(२ स्थित झ्याप्लेखोलामा शनिबार बिहान पहिरो खस्दा सवारी आवागमन ठप्प बनेको थियो । पहिरोमा माइक्रो र बस पुरिँदा ३५ जना यात्रुको मृत्यु भएको छ । पुरिएका शव र गाडी निकालेर एकतर्फी रुपमा सडक सञ्चालन गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्