Logo
Logo

आज संसदीय सुनुवाइ र विधायन व्यवस्थापन समितिको बैठक बस्दै


252
Shares

काठमाडौं । संघीय संसदअन्तर्गत आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । संसद सचिवालयका अनुसार संसदीय सुनुवाइ समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्ने भएको हो । संसदीय सुनुवाइ समितिको बैठक दिउँसो १ बजे बस्दैछ ।

बैठकमा प्रधानन्यायाधीश र प्रस्तावित राजदूतहरुका सम्बन्धमा प्राप्‍त उजुरीमाथि छलफल गर्ने, उनीहरुले पेश गरेको कार्ययोजना समितिका सदस्यहरूलाई वितरण गर्ने, प्रधानन्यायाधीश र प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ प्रक्रिया अगाडी बढाउन कार्यतालिका तयार गर्ने र सर्वौच्च अदालतका प्रस्तावित न्यायाधीशहरुको सुनुवाइ प्रारम्भ गर्ने कार्यसूची छ ।

त्यस्तै, दिउँसो ३ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । बैठकमा मिडिया काउन्सिल विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्