Logo
Logo

माओवादीले केन्द्रीय कार्यालयमा ‘हेल्प डेस्क’ राख्ने


315
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले बाढीपहिरोको क्षतिसम्बन्धी स्थानीय तह र प्रदेशबाट तथ्याङ्क सङ्कलन गर्न केन्द्रीय कार्यालयमा ‘हेल्प डेक्स’ राख्ने भएको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बसेको केन्द्रीय पदाधिकारी बैठकले पार्टी सदस्य र जनप्रतिनिधिबाट राहत कोषमा आर्थिक सहायता गर्ने र पार्टीपङ्क्तिलाई राहत पुनःनिर्माणमा केन्द्रित गर्ने निर्णय गरेको हो ।

माओवादी केन्द्रले दीर्घकालीन पुनःस्थापना र पुनर्निर्माणका लागि सशक्त आवाज उठाउने निर्णयसमेत गरेको छ । बैठकले मौसम पूर्वानुमानअनुसार जोखिम पहिचान र पूर्वतयारीमा ध्यान नदिँदा जनधनको क्षति बढ्न पुगेको निष्कर्ष निकालेको उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्