Logo
Logo

सरकार असफल भएको एकीकृत समाजवादी दाङको निष्कर्ष


693
Shares

दाङ । एकीकृत समाजवादी दाङको कार्यालय बैठकले वर्तमान सरकार असफल भएको निष्कर्ष निकालेको छ । आइतबार जिल्ला पार्टी कार्यालय घोराहीमा बसेको बैठकले देशमा बाढी र पहिरोले झण्डै डेढ सयको ज्यान जाँदासमेत सरकार मुकदर्शक बनेको, झण्डै चार दर्जन राजमार्ग ठप्प हुँदा सरकार मौन बसेको, अर्बाैको क्षति भइरहँदा सरकार रमिते बनेको बैठकको निष्कर्ष निकालेको हाे ।

एकीकृत समाजवादीका केन्द्रीय सदस्य जोग बहादुर राणाको प्रमुख आतिथ्यतामा बसेको बैठकले सरकारसँग बाढी पिडित जनतालाई तत्काल राहत र उद्धारको माग गर्नुका साथै पार्टीबाट केन्द्रीय विभाग तथा आयोगहरुमा जिल्लाका नेताहरुको नाम समेत सिफारिस गरिएको प्रचार विभाग प्रमुख सूर्य बिसीले बताए ।

जिल्ला अध्यक्ष भूप बहादुर केसीको सभापतित्वमा सम्पन्न बैठकमा केन्द्रीय सदस्य अनारकली मिया, ससमती चौधरी, प्रेम बक्स मिँया, गजेन्द्र खड्का, गुरुप्रसाद महरा, हरिकला बाँठा मगर लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्