Logo
Logo

बाढीपहिरो अपडेटः मृत्यु हुनेको संख्या २०९ पुग्यो, २९ जना अझै बेपत्ता


189
Shares

काठमाडौं । गृह मन्त्रालयले यही असोज १० गतेदेखि १२ गतेसम्म देशमा परेको भारी वर्षाका कारण बाढी, पहिरो र डुबानबाट मृत्यु हुनेको संख्या २०९ जना पुगेका जनाएको छ ।

मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले २०९ जनाको मृत्यु, २९ जना बेपत्ता र १४२ जना घाइते भएको जानकारी दिए । खोज तथा उद्धार जारी रहेको र आजसम्म ७१३ जनाको हवाई उद्धार भएको पनि मन्त्रालयले जनाएको छ।

नेपाली सेनाको हेलिकप्टरबाट काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, सिन्धुली, ललितपुरलगायतका स्थानबाट घाइते, विरामी तथा अलपत्र परेकाको उद्धार गरिएको उनले बताए ।

उनका अनुसार राहत वितरण एकद्वार प्रणालीबाट गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्