Logo
Logo

बाढी पहिरोमा परेका मृतकका परिवारलाई दुई लाख दिने सरकारको निर्णय


0
Shares

काठमाडौँ । सरकारले बाढी पहिरोमा परी ज्यान गुमाएकाको परिवारलाई जनही २ लाख रुपैयाँ राहत दिने भएको छ ।

आज बसेको मन्त्रीपरिषद् बैठकले कार्यविधि अनुसार उक्त राहत रकम दिने निर्णय भएको सञ्‍चार तथा सूचना प्रविधि पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

उनका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार चार बजे प्रेसमिट गरेर राहतको अरु प्याकेज घोषणा गर्ने पनि निर्णय भएको छ । यसका साथै बैठकले राहतकोषमा एक अर्ब रकम अर्थ मन्त्रालयबाट उपलब्ध गराउने निर्णय पनि भएको छ ।

त्यसबाहेक प्रधानमन्त्री र मन्त्रीहरूले एक महिनाको तलब राहत कोषमा जम्मा गर्ने निर्णय भएको छ । बैठकमा प्रधानमन्त्रीले आफ्नो अमेरिका भ्रमणको ब्रिफिङ गर्दै भ्रमण सफल र फलदायी भएको जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्