Logo
Logo

विकल पौडेल दम्पत्तीविरुद्ध करिब २ अर्ब मागदाबीसहित मुद्दा दायर


378
Shares

काठमाडौं । राजस्व अनुसन्धान विभागले सुरक्षण मुद्रण कोषका पूर्वकार्यकारी निर्देशक विकल पौडेल र उनकी श्रीमती एलिना बस्नेतविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

विभागले उनीहरुविरुद्ध विदेशी विनिमय अपचलन कसुरमा बिगोको तीन गुना करिब दुई अर्ब मागदाबीसहित सोमबार जिल्ला अदालत काठमाडौंमा अभियोग दायर गरेको हो ।

पौडेलविरुद्ध विदेशी मुद्रा अपचालन गरेको पुष्टी भएकाले ६१ करोड १३ लाख २१ हजार एक सय त्रिपन्न रुपैयाँ बीस पैसा बिगो कायम हुन आएको र विदेशी विनिमय गर्ने ऐन २०१९को दफा १७ बमोजिम ३ गुनाले (एक अर्ब ८३ करोड ३९ लाख ६३ हजार ४५९ रुपैयाँ) मागदाबी लिई काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको विभागले जनाएको छ ।

त्यस्तै पौडेलकी पत्नी बस्नेतविरुद्ध विकल पौडेलले गरेको अवैध विदेशी मुद्रा कारोबार गर्ने कार्यमा संलग्न देखिएकोले उनलाई फरार कायम गरी चार करोड ५८ लाख १२ हजार २ सय बीस रुपैयाँ सजाय हुन मागदाबी लिई अभियोग दायर गरिएको छ ।

बस्नेतले १ लाख २९ हजार अमेरिकी डलर लिएर फरार भएको कायम गरी त्यस आधारमा एक करोड ५२ लाख ७० हजार सात सय चालीस बिगो कायम गरी उक्त ऐनको दफा १७ बमोजिम ३ गुना गरी मुद्दा दायर गरिएको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्