Logo
Logo

टी-२० श्रृंखलामा आज नेपाल र क्यानडा भिड्दै


504
Shares

काठमाडौं । टी–२० त्रिकोणात्मक सिरिजअन्तर्गत नेपालले आज क्यानडासँग दोस्रो खेल खेल्दैछ । नेपाल र क्यानडाबीचको खेल किंग सिटीमा आज राति पौने १० बजे सुरु हुनेछ ।

पहिलो खेलमा नेपाललाई १४ रनले पराजित गरेको क्यानडा दोस्रो जित निकाल्ने लक्ष्यसहित मैदानमा हुनेछ । उता सिरिजको दोस्रो खेलमा ओमानविरुद्ध ३७ रनको जित निकालेको नेपाल दोस्रो निकाल्ने दाउमा हुनेछ ।

हिजो भएको खेलमा ओमानसँग ८ विकेटले पराजित भएको क्यानडा आज नेपालमाथि जित निकाल्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिने दाउमा छ । त्रिकोणात्मक सिरिजमा नेपालले भोलि ओमानसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्