Logo
Logo

एमाले सचिवालय बैठक बस्दै


378
Shares

काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे हनुमानथानस्थित होटल बसेरामा बस्ने भएको हो ।

एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाबाट स्वदेश फर्किएलगत्तै एमालेले सचिवालय बैठक बोलाएको हो ।

बैठकमा समसामयिक राजनीतिक र बाढीपहिरो तथा डुबानका राहतका विषयमा छलफल हुने एमाले केन्द्रीय कार्यालयका सचिव डा.भीष्म अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्