Logo
Logo

बलात्कार आरोपमा ३६ वर्षीय पुरुष पक्राउ


567
Shares

काठमाडौं । एक २६ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । धनकुटाको शहिदभूमी गाउँपालिका-४ बस्ने ३६ वर्षीय बिर्ख बहादुर भन्ने बिर्खलाल राईलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

राईले ती महिलालाई आइतबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी आखिसल्लाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्