Logo
Logo

देशका ४२ स्थानमा यातायात अवरूद्ध, पुल र सडक बनाउन दुई अर्ब लाग्ने


567
Shares

काठमाडौं । असोज १२ र १३ गते गएको बाढीपहिरोका कारण देशभरका विभिन्न १४ वटा राजमार्गका ४२ स्थानमा यातायात अवरूद्ध छ ।

बाढी तथा पहिरोका कारण हाल अरनिको राजमार्ग, बिपी राजमार्ग, कान्ति राजमार्ग, पुष्पलाल मध्यपहाडी राजमार्ग, मेची राजमार्ग, मदन भण्डारी राजमार्ग र कालीगण्डकी करिडोर लगायत सडक अवरूद्ध रहेको सडक विभागले जनाएको छ ।

त्यस्तै सुनकोशी पुल खुर्कोट, सिन्धुरेटार, फोक्सिङटार, अरनिको राजमार्ग लिपिङ पुल, र इलाम माइपोखरी सडकको रातेखोला पुलमा क्षति पुगेको छ भने लार्चा र हेवा खोला गरी दुइटा बेलिब्रिजमा पनि क्षति पुगेको छ ।

पाँच वटा पुल र क्षति पुगेका विभिन्न सडक पुनःनिर्माणका लागि दुई अर्ब ५२ करोड रूपैयाँ लाग्ने भएको छ । विभागका अनुसार २१ हजार पाँच सय मिटर सडकमा क्षति पुगेको छ । र यो मर्मतका लागि एक अर्ब ५० करोड लागत लाग्ने विभागको अनुमान छ ।

दुइटा २०० मिटर बेलिब्रिजमा क्षति भएको छ । यो निर्माणका लागि २० करोड लागत लाग्ने उल्लेख छ । त्यसैगरी, ४१० मिटर पुलमा क्षति पुगेको र निर्माणका लागि ८२ करोड लागत लाग्ने विभागको भनाइ छ । सडक तथा पुल पुनः निर्माणका लागि कुल दुई अर्ब ५२ करोड रूपैयाँ लागत लाग्ने अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्