Logo
Logo

दुर्गा प्रसाईंलाई १ लाख धरौटीमा छाड्न आदेश


4.2k
Shares

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई १ लाख धरौटीमा रिहा गर्न आदेश गरेको छ ।

न्यायाधीश ठाकुर प्रसाद खरेलले उनलाई दुईवटा मुद्दामा जनही ५०-५० हजार धरौटी माग गरेका हुन् । प्रहरीको साइबर ब्युरोको उनलाई असोज ६ मा भक्तपुर स्थित घरबाट पक्राउ गरेको थियो ।

सरकारी वकिल कार्यालय काठमाडौँले उनीविरुद्ध विद्युतीय अपराध सम्बन्धी दुईवटा मुद्दा दायर गरेको थियो । युट्युब च्यानल ‘देश दुनियाँ खबर’मा प्रसाईंले राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध एक जना महिलाको ‘चरित्रहत्या गरेको’ आरोप छ ।

प्रतिक्रिया दिनुहोस्