काठमाडौं, ६ जेठ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अब कुनै तानाशाह उदय हुने सम्भावना नभएको बताएका छन् । अधिनायकवाद उदाउन सम्भव नभएको उनको भनाई छ ।
मंगलबार संसदलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
दुई वटा बलियो देशको बीचमा रहेको नेपालले लम्पसारवादको बाटोको बाटो समाउन नहुने उनको भनाई छ । उनले भने,‘जनसंख्या र भूगोमा देश सानो भएपनि राष्ट्रियता सानो हुन सक्दैन ।’ भारतप्रति लक्षित गरी उनले यस्तो बताए ।
अहिलेको सरकार स्थायी भएकाले यसलाई कसैले हटाउन नसक्ने ओलीले बताए ।