Logo
Logo

अखिल क्रान्तिकारीको सम्मेलनमा दिनहुँ झडप


1.1k
Shares

काठमाडौं । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको कीर्तिपुरस्थित त्रिवि स्मृति हलमा जारी महाधिवेशनको बन्दसत्रमा आज पनि दुई पक्षबीच झडप भएको छ ।

उमेर हद कायम गर्नुपर्ने र गर्न हुँदैन भन्ने पक्ष बीचमा सम्मेलनमा हलमा हात हालाहाल भएको हो । उमेदवार बन्न र विद्यार्थी संगठनमा रहन उमेर हदबन्दी लागु गर्ने र नगर्ने पक्षबीच हिजो (सोमबार) पनि झडप भएको थियो ।

सात जिल्लाको प्रतिनिधि विवाद टुंगाएर निर्वाचन समितिले उमेर हदका लागि निर्वाचन गर्ने तयारी गरिरहेको बेला दुई पक्ष वीच विवाद भएको हो । विवादले गर्दा उमेर हद लागु गर्ने÷नगर्ने टुंगो लगाउनका लागि हुने निर्वाचन सुरु हुन सकेको छैन ।

दुई पक्षको विवाद टुंगाउनका लागि पार्टीले उपमहासचिव शक्ति बस्नेतलाई सम्मेलन हलमा खटाएको छ । बस्नेतले दुई पक्षको विवाद मिलाउने प्रयास गरेपनि सम्भव हुन नसकेको छैन ।

१० असोजदेखि जारी सम्मेलन हिजो सक्ने भनिएपनि थप लम्बिएको छ । उमेर हदको विषयले विवाद भएपछि नयाँ कमिटीको निर्वाचन समेत अन्योलमा परेको छ ।

असोज १० गते माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाधिवेशनको उद्घाटन गरेका थिए । क्रान्तिकारीको अध्यक्ष बन्न एक दर्जन भन्दा बढि आंकाक्षी देखिएका छन् । आंकाक्षी धेरै भएपछि प्रचण्डले सोमबार बिहान क्रान्तिकारीका पदाधिकारीलाई डोकेर उमेर हदबन्दी लागु गर्ने कि नगर्ने भन्ने बिषयमा निर्ष्कष निकाल्न निर्देशन दिएका थिए ।

सकभर पार्टीले हस्तक्षेप नगर्ने उनको भनाई थियो । त्यसपछि निर्वाचनको माध्यमबाट उमेर हदबन्दीको विषय टुंगो लगाउने प्रयास भएको थियो । त्यसको पक्षमा रहने र नरहनेबीच झडपको स्थिति आएको हो ।

उमेरहन्दी लागु गर्न नहुने पक्षमा उपाध्यक्ष तुकमान महरा, पवन कार्की लगायत नेताहरु देखिएका थिए । उमेर हन्दबन्दीको पक्षमा नेपाल ल क्याम्पसका स्ववियु सभापति बिष्णु ढुंगेल लगायत क्याम्पसमा पढ्दै गरेका विद्यार्थीहरु देखिएको महाविधेशन प्रतिनिधिहरुले जनाए ।

प्रतिक्रिया दिनुहोस्