Logo
Logo

गैरकानुनी रूपमा बस्दै आएका १५ जना बंगलादेशी नागरिक पक्राउ


504
Shares

काठमाडौँ । नेपालमा गैरकानुनी रूपमा बस्दै आएका १५ जना बंगलादेशी नागरिक पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भिसा अवधि समाप्त पश्चात गैरकानूनी तवरले बसिरहेका बंगलादेशीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनीहरु शंकास्पद गतिविधिहरुमा समेत संलग्न रहेको सूचनाको आधारमा कार्यालयको विशेष टोलीले राजधानीको ठमेल तथा सोह्रखुट्टे एरियाबाट पक्राउ परेका हुन् ।

पक्राउ परेकाहरुलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि अध्यागमन विभाग पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्