काठमाडौं, ६ जेठ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले मिचेको लिम्बियाधुरालाई फिर्ता ल्याउने घोषणा गरेका छन् । मंगलबार संसदलाई सम्बोधन गर्दै उनले नक्सा सार्वजनिक गर्ने निर्णयसँगै सो जमिन फिर्ता ल्याइने बताए ।
उनले भने,‘लिम्पियाधुरा नेपालको भूभाग हो । २०१८ सालसम्म तिरो उठाउने गरिएको थियो । कालापानीमा भारतीय सेना बसेपछि मात्रै लिम्पियाधुरा जान नसकिएको मात्रै हो । नेपालको नयाँ नक्सा पारित गरेर कुनै तमासा गरिएको होइन । फिर्ता ल्याउनुलाई गरिएको हो । आजभोलि नै नयाँ नक्सा सार्वजनिक हुन्छ । ’
अहिलेको सरकार स्थायी भएकाले यसलाई कसैले हटाउन नसक्ने ओलीले बताए ।