Logo
Logo

इरानले हान्यो इजरायलमाथि १८१ भन्दा बढी क्षेप्यास्त्र


630
Shares

एजेन्सी । इरानले इजरायलमाथि १ सय ८१ भन्दा बढी क्षेप्यास्त्र प्रहार गरेको छ । इरानले मंगलबार राति करिब १० बजे इजरायलमाथि १ सय ८१ भन्दा बढी ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको हो ।

यद्यपि, हालसम्म ठूलो क्षतिको विवरण आइसकेको छैन । तेल अभिभमा २ जना नागरिक घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । आक्रमण पछि इरानले उक्त आक्रमण नसरल्लाहको शहादतको पहिलो र सुरुवातको बदला भएको बताएको छ ।

वास्तवमा, २७ सेप्टेम्बरमा इजरायलले बेरुतमा हिजबुल्लाहको मुख्यालयमा आक्रमण गरेको थियो । यसमा हिजबुल्लाहका प्रमुख हसन नसरल्लाह मारिएका थिए ।

यता इजरायली सेनाले पनि उक्त आक्रमणको बदला लिन योजना बनाइरहेको र आफ्नो इच्छा अनुसार समय र स्थान तय गरेर कारबाही गर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्