Logo
Logo

सरकारको राहत कोषमा झण्डै साढे तीन करोड आर्थिक सहयोग


252
Shares

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा झण्डै साढे तीन करोड आर्थिक सहयोग सङ्कलन भएको छ ।

हिजो राष्ट्रिय वाणिज्य बैंकद्वारा दुई करोड रुपैयाँको चेक हस्तान्तरण गर्नुका साथै भाटभटेनी सुपरमार्केटद्वारा एक करोड ११ लाख ११ हजार एक सय ११ रुपैयाँ र युनिलिभर नेपाल लिद्वारा २० लाख रुपैयाँको आर्थिक सहयोग प्राप्त भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

सरकारले विपद्बाट प्रभावित नागरिकलाई तत्काल राहत सामग्री वितरण, उद्धार र पुनःस्थापनाका लागि सबैलाई सहयोग गर्न आह्वान गरेको छ । यस्तै सत्तारूढ कांग्रेस र एमालेका संघीय संसद्का सांसदहरूले बाढीपहिरो पीडितका लागि आधा महिनाको तलब बराबरको रकम दिने भएका छन् ।

दुवै दलको हिजो बसेको संसदीय दलको बैठकले सांसदहरूले मासिक पाउने तलबबाट कट्टा हुने गरी १५ दिनको पारिश्रमिक सरकारको प्राकृतिक विपद् तथा राहत कोषमा जम्मा गर्ने निर्णय गरेका हुन् । मन्त्रीहरूको हकमा भने एक महिनाको पारिश्रमिक बराबरको रकम दिने मन्त्रिपरिषदले निर्णय गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्