Logo
Logo

प्रज्ञामा पाठ्यपुस्तक अनुवाद र प्रयोगबारे अन्तरक्रिया


189
Shares

काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (अनुवाद) विभाग र अनुवादक समाज नेपालको सहकार्यमा विश्व अनुवाद दिवसको अवसर पारेर ‘पाठ्यपुस्तक र पाठ्य सामग्रीमा अनुवादको प्रयोग’ विषयक अन्तरक्रिया आयोजना गरिएको छ ।

प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले कार्यक्रमको उद्घाटन गर्दै अनुवादको प्रभाव भाषाका पाठ्य पुस्तकको अध्ययन अध्यापनमा त्यतिकै महत्व रहेको र यो स्वयंमा ज्ञान र सञ्चारको माध्यम भएको बताए । उनले कुनै पनि रैथाने भाषाभाषीमा अनुवादको माध्यमले प्राथमिक तहदेखि नै प्रभाव पारेको भन्दै यसको महत्वलाई सबैले स्वीकार्नुपर्ने बताए ।

प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले नेपालको अनुवाद विधासम्बन्धित नीतिको अभावमा अनुवादकार्य र पठनपाठनमा अन्योल परेको बताएका थिए । उनले भाषा शिक्षणविधिमा प्रत्यक्ष अनुवादको प्रभाव रहेको चर्चा गरेका थिए ।

प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य (अनुवाद) विभाग प्रमुख हंसावती कुर्मीले अनुवादको माध्यमले ज्ञान आदानप्रदान गर्न सहज हुने बताएका थिए । उनले शिक्षामा अनुवादको संस्कृतिले पठनपाठनमा दिगो असर पार्ने बताउँदै आजको विश्वमा अनुवादको दह्रो माध्यम भाषान्तर रहेकोमा जोड दिए ।

अनुवादक समाज नेपालका महासचिव डा.ऋषिराम अधिकारीले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै नेपाली पाठ्य सामग्रीमा अनुवादको महत्त्वबारे बताएका थिए ।

अन्तरक्रियायाको प्यानलिस्ट छलफलमा डा.प्रकाश तिवारी, अजम्बरजङ्ग लिम्बू (अमर तुम्याहाङ) र करुणा नेपालले भाग लिएका थिए । चन्द्रबहादुर लामाले सहजीकरण गरेको कार्यmक्रमा डा. प्रकाश तिवारीले अनुवाद ज्ञान धारणका लागि महत्त्वपूर्ण माध्यम भएको बताएका थिए ।

यसैगरी अमर तुम्याहाङले अनुवादको सैद्धान्तिक पक्ष मात्र नभई व्यवहारिक पक्षमा ध्यान दिनु आवश्यक रहेको बताउँदै भाषा शिक्षणमा अनुवादको प्रभाव प्रवल रहेको चर्चा गरेका थिए । उनले बहुभाषिक अनुवाद कार्यक्रम लागू गर्नुपर्नेमा जोड दिएका थिए ।

करूणा नेपालले अनुवाद दैनिक जीवनबाट सुरु हुने बताउँदै अनुवादसँग भाषान्तर मात्रै नभई प्रत्यक्ष संस्कृति र समाज पनि जोडिन आउने उल्लेख गरेका थिए । कार्यक्रमको सञ्चालन अनुवादक समाज नेपालका सचिव सकुनकुमार जोशीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्