Logo
Logo

अख्तियारका आयुक्तले ७ दिनको तलब बाढीपहिरो पीडितलाई दिने


252
Shares

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगका आयुक्तहरूले सात दिनको तलब बाढी–पहिरो पीडितलाई दिने भएका छन् ।

प्रमुख आयुक्त/आयुक्तहरूले आफ्नो ७ दिनको तलब बाढी–पहिरो पीडितलाई सहयोग गर्ने निर्णय गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । अख्तियारमा १ प्रमुख आयुक्त र चार जना आयुक्तहरु रहेका छन् ।

त्यस्तै सचिवले पाँच दिनको, सहसचिव र उपसचिवस्तरका कर्मचारीहरूको तीन दिन, शाखा अधिकृत वा सो सरहका कर्मचारीहरूको दुई दिन र अन्य कर्मचारीहरूको एक दिनको तलब बराबरको रकम प्रदान गर्ने भएका छन् ।

उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने अख्तियारले निर्णय गरेको छ । गत शनिबार आएको बाढी–पहिरोले काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, धादिङ लगायत जिल्लामा असर परेको छ । बुधबारसम्म २२८ जनाको मृत्यु भइसकेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । २५ जना अझै बेपत्ता छन् ।

प्रतिक्रिया दिनुहोस्