Logo
Logo

मित्रनगर र सनसिटीबाट जुवा खेलिरहेका २९ जना पक्राउ


945
Shares

काठमाडौं । प्रहरील काठमाडौंका दुई स्थानबाट जुवा खेलिरहेका २९ जनालाई पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका २६ मित्रनगरस्थित रामशरण पाण्डेको त्रिपुरा सुन्दरी होटलमा जुवा (कौडा) खेलिरहेको अवस्थामा १३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ५ लाख ६ हजार रूपैयाँ, ४५ थान कौडा र ४ थान मोबाइल सहित पक्राउ गरेको हो ।

त्यस्तै कागेश्वरी मनोहरा नगरपालिका ९ सनसिटीस्थित अनिता राईको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा १६ जनालाई पक्राउ गरेको छ ।

प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६ लाख ४२ हजार ५ सय रूपैयाँ, २२ थान मोबाइल र १७ थान कौडा सहित पक्राउ गरेको हो । उनीहरुलाई कारबाही गर्ने प्रक्रिया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्