Logo
Logo

हुन्डाईले पूरा गर्‍यो १० करोड गाडीको उत्पादन


378
Shares

काठमाडौं । हुन्डाई मोटर कम्पनीले विश्वभर दश करोड गाडी उत्पादनको आँकडा पूरा गरेको बताएको छ । कम्पनीले स्थापनाको ५७ वर्षमा नै यो महत्त्वपूर्ण माइलस्टन पूरा गरेको बताएको छ । यसको अवसरमा कम्पनीले कोरियास्थित उल्सान प्लान्टममा एक समारोहको आयोजना समेत गरेको छ ।

कम्पनीले कार्यक्रममा दश करोड प्लस वान अर्थात् विगतका उपलब्धिसँगै एक नयाँ कदमको विषयलाई पनि प्रस्तुत गरेको छ ।

कोरियास्थित उल्सान प्लान्ट सन् १९६८ देखि सञ्चालनमा आएको थियो । यसलाई कोरियाली अटोमोटिभ उद्योगको जन्मस्थानका रूपमा पनि हेरिन्छ । यसै प्लान्टबाट कोरियाको पहिलो ठूलो संख्यामा उत्पादित पोनी ब्रान्डको सुरुआत भएको थियो ।

हुन्डाई मोटर कम्पनीका डोमेस्टिक प्रोडक्सनका अध्यक्ष तथा प्रमुख सुरक्षा अधिकारी डोङ सियोक लीले दश करोड गाडी उत्पादनको आँकडा हात पार्नुमा कम्पनीका सबै कर्मचारीको महत्वत्पूर्ण योगदान रहेको बताए । हुन्डाई मोटरले नेतृत्वको गर्ने भविष्यको इलेक्ट्रिफिकेसनतर्फको यो एक कदम भएको उनको भनाइ छ ।

हुन्डाईले कोरियाबाहेक टर्की, भारत, अमेरिका र चेक रिपब्लिकबाट आफ्ना गाडी उत्पादन गर्दै आएको छ । यसअघि कम्पनीले सन् २०१३ मा पाँच करोड गाडी उत्पादनको आँकडा पार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्