Logo
Logo

अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन स्थगित


0
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठन अखिल क्रान्तिकारीको २३औँ राष्ट्रिय सम्मेलन स्थगित भएको छ । अध्यक्षमण्डको बुधबार बसेको बैठकले अर्को सूचना जारी नभएसम्मका लागि सम्मलेन नै स्थगित गरिदिएको हो ।

बाढीपहिरो र दसैँलाई कारण देखाएर सम्मेलन स्थगित गरिएको छ । “निर्वाचनको सबै प्रक्रिया पूरा गर्न दसैँ अगाडिको समय पर्याप्त नभएको प्राप्त सुझावलाई समेत मध्यनजर गरी निष्कर्षमा पुग्न अध्यक्ष मण्डलबीच व्यापक र गम्भीर छलफल हुँदा हाल जारी रहेको राष्ट्रिय सम्मेलन स्थगित गर्न उचित र श्रेयकर भएको निष्कर्षसहित हाललाई जारी सम्मेलन स्थगित गर्ने निर्णय भएको,” सूचनामा भनिएको छ ।

अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन असोज १० गतेबाट काठमाडौंमा सुरु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्