Logo
Logo

टी-२० महिला विश्वकप आजदेखि


441
Shares

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप आजदेखि यूएईमा सुरु हुँदैछ । कात्तिक ४ गतेसम्म हुने महिला टी–२० विश्वकप २०२४ मा १० टिम सहभागि हुनेछन् ।

बंगलादेशमा आयोजना हुने तालिका रहे पनि त्यहाँको राजनीतिक उथलपुथलले प्रतियोगिता यूएईमा सारिएको हो। ।

प्रतियोगिताको समूह ए मा डिफेन्डिङ च्याम्पियन अष्ट्रेलिया, भारत, पाकिस्तान, न्यूजिल्याण्ड र श्रीलंका छन् । समूह बी मा बंगलादेश, इंग्ल्याण्ड, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र स्कटल्याण्ड रहेका छन् ।

प्रत्येक समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताको उद्दघाटन खेलमा आज बंगलादेशले शारजाहमा स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्ने छ । खेल नेपाली समय अनुसार पौने ४ बजे सुरु हुनेछ ।

टी–२० विश्वकपमा एक दिनमा अधिकतम दुई खेल खेलिनेछ । आजै पाकिस्तान र श्रीलंका भिड्नेछन् । यी दुईबीचको खेल राति पौने ८ बजे सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्