Logo
Logo

बार अध्यक्षविरुद्धको अवहेलना मुद्दा फिर्ताको तयारी

उपरजिस्ट्रार घिमिरे भन्छन्– अब कसैको प्यादा बन्दिनँ


504
Shares

काठमाडौं । नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्धको अवहेलना मुद्दा फिर्ता हुने भएको छ ।

बार अध्यक्षको अभिव्यक्तिले अदालतको अवहेलना भएको प्रतिवेदन तयार पारेर सर्वोच्चमा दर्ता गरेका उपरजिस्ट्रार गोविन्द घिमिरेले मध्यरातमा सार्वजनिक वक्तव्य दिँदै आफ्नो प्रतिवेदन फिर्ता लिने बताएका हुन् ।

उनले आफू जीवनभर प्रजातन्त्रका लागि लडेको र आफ्ना पिताले पनि यसकै लडाइमा जीवन गुजारेको भन्दै प्रतिवेदन दर्तापछि निदाउँन नसकेको उल्लेख गरेका छन् । नेपाल बार एशोसिएशन प्रजातन्त्रको हिमायति संस्था भएको पनि उनले उल्लेख गरेका छन् ।

घिमिरेले अदालत खुले लगत्तै आफ्नो भनाइसहित प्रतिवेदन फिर्ताको निवेदन दिने बताएका छन् । दशैं बिदाका कारण घटस्थपनादेखि कोजाग्रतसम्म अदालत बन्द रहने गर्दछ ।

बारअध्यक्ष घिमिरेविरुद्धको पेसी कार्तिक १ गते तोकिएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठका अनियमित र गैरसंवैधानिक गतिविधिको आलोचना गरेबापत अध्यक्ष घिमिरेमाथि अपहेलनाको मुद्दा चलाएको बारको ठहर छ ।

यसअघि उपरजिस्ट्रार घिमिरेबाटै अवहेलनाको प्रतिवेदन तयार पारेर सिधाकुराका पत्रकार नवीन ढुंगानामाथि मुद्दा चलाइएको थियो । उनीहरूलाई जेल सजाय भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्