Logo
Logo

२४ घण्टामा ५२ हजार २५४ यात्रु काठमाडौं भित्रिए, ११ हजार २२१ बाहिरिए


441
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा विभिन्न नाका हुँदै १० हजार ३७० सवारीसाधन काठमाडौं उपत्यका भित्रिएका छन् । आज (मंगलबार) बिहान ८ बजेसम्म विभिन्न सडकमार्गबाट ती संख्यामा सवारीसाधन काठमाडौं भित्रिएका हुन् ।

उक्त सवारी साधनमार्फत ५२ हजार २५४ यात्रु काठमाडौं भित्रिएको ट्राफिक प्रहरीले जनाएको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाबाट ११ हजार २२१ सवारीसाधन बाहिरिएका छन् । ती सवारीसाधनमार्फत ६१ हजार २८५ यात्रु उपत्यकाबाट बाहिरिएका ट्राफिक प्रहरीले जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्