Logo
Logo

मानवसेवा आश्रम र आनी छोइङले बाढीपहिरो प्रभावितलाई सहयोग गर्ने


126
Shares

काठमाडौं । मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनले संयुक्त रुपमा काभ्रेका बाढीपहिरो प्रभावितलाई राहत सामाग्री वितरण गर्ने भएका छन् ।

मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारी र आनी छोइङ डोल्मा फाउन्डेशनकी अध्यक्ष आनी छोइङले संयुक्त रुपमा राहत वितरण गर्ने भएका हुन् ।

राहतवितरणअन्तर्गत काभ्रे जिल्लाका बाढी पहिरो प्रभावित क्षेत्र बेथानचोक, नेपालथोक, रोशी र पनौतीमा गरी २५ लाख रुपैयाँ बराबरको खाद्यान्न, लत्ताकपडा लगायत सहयोग गरिने आश्रम र फाउन्डेशनले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्